समुन्द्र र निश्चलले भने हामीले कुनै सिनेमा साइन गरेका छैनौं

समुन्द्र र निश्चलले भने हामीले कुनै सिनेमा साइन गरेका छैनौं

द सिनेमा टाइम्स
308
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार ‘गून्यु चोलो’ निर्देशक समुन्द्र भट्टले अभिनेत्री एलिजा गौतम तथा निश्चल खड्कालाई जोडी बाँधेर नयाँ सिनेमा गर्ने समाचार सार्वजनिक भयो। तर तथ्य यो भन्दा बेग्लै भएको खुलेको छ।

सामान्य कफी भेटमा खिचिएको फोटोलाई सिनेमा घोषणाको प्रचार भएपछि निर्देशक भट्ट यतिबेला आश्चर्यमा परेकी छन्। श्रोतका अनुसार ठमेलस्थित एक रेष्टुरेन्टमा निर्देशक भट्ट तथा अभिनेता खड्काको अभिनेत्री गौतमसँग भेट भएपनि सिनेमाको कुनै कुरा नभएको बताइन्छ।

यसबारेमा जिज्ञासा राख्दा निर्देशक भट्ट तथा अभिनेता खड्का दुबैले सिनेमा गर्ने बारेमा कुनै निर्णय नभएको बताएका छन्। भट्टले आफू तत्कालका लागि ‘गून्यू चोलो’ सिनेमाको काममा नै केन्द्रित रहेको बताइन्। उनले सार्वजनिक खबरको खन्डन गरिन्।

यस्तै अभिनेता निश्चलले भेटघाटको फोटो खिचौं भनेकाले आफूहरुले फोटो खिचेको तर सिनेमा गर्ने विषयमा कुनै कुरा नभएको बताए। ‘भविष्यको कुरा थाहा भएन तर तत्काललाई कुनै त्यस्तो निर्णय भएको छैन’, उनले भने, ‘म अहिले आफ्नो रिलिजको क्रममा रहेको ‘लन्डन टु पेरिस’ सिनेमामा ध्यान दिइरहेको छु। यो सिनेमा छिट्टै रिलिज हुँदैछ। यो सिनेमाको रिलिजपछि मात्र अन्य सिनेमामा ध्यान दिनेछु।’

निर्देशक र अभिनेताको यस्तो भनाइले अभिनेत्रीको दोश्रो सिनेमामा काम गर्ने योजना तत्कालका लागि अनिश्चित बनेको छ। उनले यसअघि दीपेन्द्र लामाको निर्देशनमा ‘घुइँचो’मा काम गर्ने औपचारिक घोषणा भएको थियो तर सिनेमा फ्लोरमै जान सकेन। एलिजा पछिल्लो समय म्युजिक भिडियोसँगै राजनितिमा समेत सक्रिय छिन् ।