सौगात र बेनिशाको ‘सिटामोल’ छायांकन सकियो

सौगात र बेनिशाको ‘सिटामोल’ छायांकन सकियो

द सिनेमा टाइम्स
1.1k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राज बहादुर सानेको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘सिटामोल’को छायांकन सकिएको छ । निर्देशक सानेले काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सम्पुर्ण छायांकन सिन्धुलीमा सकिएकाे बताए ।

सिनेमाको छायांकन २५ दिनसम्म सिंन्धुलीमा गरिएको हो । सिनेमाको छायांकन सहज वातावरणमा रमाइलोसँग सकिएकाले राम्रो बनेको निर्देशक सानेले बताए । अहिलेको अवस्थामा नै काम भएको खण्डमा तीजमा सिनेमा रिलिज लक्ष्य राखिए निर्माण टिमले जानकारी दिएको छ ।

सिनेमाको छायांकन सकिएपछि निर्माण टिमले मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्वीर समेत सार्वजनिक गरेको छ । सार्वजनिक तस्वीरले दर्शकमाझ सिनेमाप्रति उत्साह पैदा गर्ने देखिन्छ । सिनेमामा उनीहरु श्रीमान्-श्रीमतीको रुपमा प्रस्तु भएको बुझ्न सकिन्छ । माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको बुझिएको छ ।

तुलसी देवी फिल्म प्रालीको ब्यानरमा निर्माण भएको सिनेमामा सौगातले जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन् । सिनेमामा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।

सिनेमाको कथा निर्देशक साने स्वंयमले लेखेका हुन् । बाबुल गिरीको संगीत रहेको सिनेमालाई दिव्य सुवेदीले खिचि रहेका छन् । सिनेमामा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन् ।