युट्युबमा रुचाइयो ‘डिग्री माइला’को गीत, दया र आँचलको जोडी सुहाएको प्रतिक्रिया

युट्युबमा रुचाइयो ‘डिग्री माइला’को गीत, दया र आँचलको जोडी सुहाएको प्रतिक्रिया

द सिनेमा टाइम्स
371
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबार रिलिज भएको ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत ‘सुस्त सुस्त’ गीतलाई दर्शकले रुचाएका छन् । सार्वजनिक गीतलाई दर्शकले ‘कबड्डी ४’को गीत ‘केशरी’ जस्तै उत्कृष्ट रहेको प्रक्रिया दिएका छन् ।

बाँसुरी फिल्मस्को युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई अधिकांश दर्शकले उत्कृष्ट भनेका छन्। उनीहरुले गीतसंगीतसँगै दयाहाङ र आँचलको जोडी सुहाएको लेखेका छन् । उनीहरुले दुबैबीचको केमेस्ट्रीलाई मनपराएका छन् । सार्वजनिक गीतमा उनीहरुको ड्रेसअप र रुम्जाटारको रमणीय दृश्यको पनि प्रशंसा गरेका छन् ।

गीतले अहिलेसम्म ४ लाख ५४ हजार बढि भ्युज अनि १७ हजार लाईक तथा ७ सय बढि कमेन्ट प्राप्त गरिसकेको छ । सिनेमा नयाँ वर्षमा रिलिज हुँदैछ। सिनेमाका निर्देशक रामबाबु गुरुङ हुन् । ‍एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईको शब्द रचना गीतमा संगीतकार योगी र विज्ञानी पराजुलीको युगल स्वर सुन्न सकिन्छ । गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ ।

कोरियोग्राफीले समेत राम्रो तारिफ बटुलिरहेको छ। गीतमा युमी बलामीको कोरियोग्राफी र निर्देशक रेनेशा वान्तवा राईको डिरेक्टर अफ कोरियोग्राफी रहेको छ ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेसगर्छ । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ ।

सिनेमामा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । सिनेमाले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।

सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।