सिंगापुरमा ‘दयारानी’को क्रेज, दर्शकबाट मिल्यो उत्कृष्ट प्रतिक्रिया

सिंगापुरमा ‘दयारानी’को क्रेज, दर्शकबाट मिल्यो उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स
896
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘दयारानी’ सिनेमाले सिंगापुरमा भएको शोमा उलेख्य मात्रमा दर्शक आकर्षित गर्नुका साथै उत्कृष्ट प्रतिक्रिया पाएको छ । सिगांपुरस्थित कार्निभल्स सिनेमाज्मा भएको पहिलो शोमा झण्डै ४ सय ५० जना दर्शकले सिनेमा हेरेको जानकारी निर्देशक तथा निर्माता माओत्से गुरुङले दिएका छन् ।

सिनेमालाई त्यहाँ एनसी इन्टरटेन्मेन्टले प्रदर्शन गरेको थियो । माघ २६ गते रिलिज भएको सिनेमाले नेपालमा व्यापारिक रुपमा सफलता हात परेको छ । सिनेमा तेश्रो सातमा प्रदर्शन भइरहेको छ। सिनेमा हेर्नेहरुले मौलिक विषयवस्तुका लागि सिनेमाको तारिफ गरेका छन् ।

दयाहाङ राई, दीया पुन तथा नयन गुरुङको प्रमुख अभिनय रहेको सिनेमाले आफू कहिल्यै बाबु बन्न नसक्ने तथ्यलाई लुकाएपछि श्रृजना हुने कथावस्तु रोचक ढंगले पेस गर्छ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।