अमेरिका र क्यानडामा विक्री भयो नीताको ‘ह्रस्व दीर्घ’

अमेरिका र क्यानडामा विक्री भयो नीताको ‘ह्रस्व दीर्घ’

द सिनेमा टाइम्स
161
Shares

सिनेमा टाइम्स, काठमाडौं अभिनेत्री नीता ढुँगानाको निर्माण रहेकोह्रस्व दीर्घसिनेमाको अमेरिका तथा क्यानडा प्रदर्शन अधिकार विक्री भएको छ । नेपाली तथा तेलेगु भाषाना रिलिज हुने यो सिनेमाको प्रदर्शन अधिकार रमेश भट्टको एभरेष्ट इन्टरटेनमेन्ट तथा अभिजित राईको पिक इन्टरटेन्मेन्टले संयूक्त रुपमा लिएका हुन् ।

चन्द्र पन्त निर्देशित सिनेमा आफ्नो बलियो नेपाली तथा चर्चित भारतीय कलाकारहरुको लाइनअपका कारण चर्चामा रहेको छ। सिनेमामा ब्रम्हानन्दम, अलि तथागजनीसिनेमाका खलनायक प्रदीप रावतको समेत अभिनय रहेको

हरिहर अधिकारीले लेखेको सिनेमामा हरिहर तथा नीताका अलावा विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईँटेल, बुद्धितामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका नेपाली कलाकारहरुको पनि अभिनय

तीन सेड्यूलमा छायाँकन हुने सिनेमाको पहिलो दोस्रो सेड्यूलको छायांकन सकिएको भने तेस्रो सेड्यूलको छायांकन भारतमा हुँदैछबिग बजेटमा तयार हुँदै गरेको सिनेमालाई लिएर नीता उत्साहित रहँदै आएकी छिन् ।

सिनेमाले सफलता पाउने अनुमान सिने नगरिमा गरिदैं आइएको छ। सिनेमा आगामी वर्षको दशैंको पूर्वसन्ध्यमा असोज ११ गते रिलिजहुनेछ।