अमर र वर्षाको ‘मोदीबेनी’मा कस्तो होला केमेस्ट्री ?

अमर र वर्षाको ‘मोदीबेनी’मा कस्तो होला केमेस्ट्री ?

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री वर्षा सिवाकोटी यतिवेला छायांकनको तयारीमा रहेको सिनेमा ‘मोदीबेनी’को वर्कसपमा व्यस्त छिन् । उनले अभिनय गरेका अधिकांश सिनेमामा स्थापित कलाकारसँग काम गरेकी छन् । उनले नयाँ कलाकारसँग काम गर्ने अवसर निकै कम मात्रै पाएकी छिन् ।

यसैबीच उनी ‘मोदीबेनी’मा नयाँ अभिनेतासँग काम गर्ने तयारीमा छिन् । यो सिनेमाको वर्कसपबाट निर्माण टिमले केही तस्वीर सार्वजनिक गरेका छ । जहाँ वर्षा डेव्यु अभिनेता अमर प्रताप श्रेष्ठसँग देखिएकी छन् । सार्वजनिक तस्वीमा उनीहरुको केमेष्ट्री निकै जमेको देख्न सकिन्छ । सिनेमामा उनीहरु जोडीको रुपमा प्रस्तुत हुनुपर्ने भएकाले दुवै एकअर्कासँग घुममिल भइरहेका छन् । अहिले उनीहरुबीच राम्रो ‘बोन्डिङ’ बनेको छ ।

एक कलाकारमा हुनुपर्ने सबै गुण अमरमा देखिन्छन्, वर्षा । ‘वर्कसपमा अमरको काम हेर्दा मेहनती कलाकारको रुपमा देखेकी छु । उसमा एउटा कलाकारमा हुनुपर्ने सबै गुण छ भन्ने लाग्छ,’ उनले भनेकी छन् । अमरसँग कार्यशालामा ‘बोन्डिङ’ भइसकेकाले छायांकनमा नयाँजस्तो महसुस नहुने उनको विश्वास छ । नयाँ कलाकार तथा मेकरसँग सिक्ने अवसर पनि पाइने उनी बताउँछिन् ।

अमर भने आफ्नो मनपर्ने अभिनेत्रीको जोडी बन्न पाएकोमा खुसी छन् । ‘वर्षाजी मलाई एकदमै मनपर्ने अभिनेत्री हुनुहुन्छ । आफ्नो फेभरेटसँगको कामबाट डेब्यू गर्न पाउनु मेरो लागि अहोभाग्य हो । उहाँ मेरो को–एक्टर मात्र नभएर मेरो सिनियर पनि हो । हाम्रो केमेस्ट्री जम्छ भन्नेमा म विश्वस्त छु,’ उनले भने । अमर सिनेमाका लागि नयाँ भए पनि उनले केही नाटकमा काम गरिसकेका छन् ।

‘मोदीबेनी’को पहिलो चरणको छायांकन भइसकेको छ । जसमा वर्षा र अमरको दृश्य थिएन । यही फागुन १६ गतेबाट हुन लागेको दोस्रो चरणको छायांकनमा भने उनीहरुकै बढी सिन छ । करिब पैँतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी निर्माण हुन लागेको सिनेमाका निर्देशक शङ्कर कोइराला हुन् । उनीसँग सिनेमा तथा म्यूजिक भिडियो सम्पादनको दशक लामो अनुभव छ ।

सिनेमामा वर्षा र अमरका अलवा सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको पनि अभिनय रहनेछ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्न लागेको ‘मोदीबेनी’लाई आनन्द बिक्रम क्षेत्रीले लेखेका हुन् । दीलिप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेको सिनेमाका छायाँकार उत्सव दाहाल हुन् ।