अमेरिकाको १४ सहरमा ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न

अमेरिकाको १४ सहरमा ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न भएको छ । नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरुले अमेरिकाका विभिन्न सहर हँसाएका हुन् ।

विनोद अधिकारीको संयोजनमा आयोजित कार्यक्रममा हास्यकलाकारहरू सन्दिप क्षेत्री, सुमन कार्की, भरतमणी पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सिम गौडेल, साजन श्रेष्ठ र सन्तोष थापाले फेब्रुअरी २४ सम्म अमेरिकाको विभिन्न १४ सहरमा भव्य प्रस्तुती दिएका थिए ।

हिउँका कारण प्रायः आवतजावतमै अवरोध हुने समयमा सफलताका साथ दर्शकको खचाखच उपस्थितिमा सम्पन्न कार्यक्रममा अमेरिकन सरकारको तर्फबाट सम्मान समेत प्राप्त गरेको संयोजक अधिकारीले जानकारी दिए । जनवरी २० न्यूयोर्क, फेब्रुअरी १६ भर्जिनिया र १८ मा बाल्टिमोर, मेरिल्याण्डमा आयोजित कार्यक्रममा अमेरिकन सरकारी निकायको तर्फबाट सम्मान गरिएको अधिकारीले बताए ।

‘अमेरिकाको पुर्वदेखि पश्चिमसम्म रहनुहुने नेपाली कहाँ हामी पुग्न सफल भयौँ । उहाँहरूलाई हसाउन सफल भयौँ । अमेरिकामा यति भव्य रुपमा सम्पन्न हाँस्य कार्यक्रम सम्भवत यो नै पहिलो हो’, संयोजक अधिकारीले भने ।

कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहण सम्बन्धी डकुमेन्ट्री ‘एभरेस्टमेन’का निर्देशकसमेत रहेका अधिकारीले भने, ‘यो कार्यक्रमले परदेशलाई घरदेशसँग जोडेको छ । कोभिड महामारीपछि हामीलाई चाहिएको ताजगी यो कार्यक्रमले पूरा गरेको छ ।’