विराजको ‘१२ गाउँ’मा न्यान्सी हिरोइन

विराजको ‘१२ गाउँ’मा न्यान्सी हिरोइन

द सिनेमा टाइम्स
1.4k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माण घोषणा भएदेखि नै चर्चा कमाइ रहेको एक्सन स्टार विराज भट्टको१२ गाउँमा न्यान्सी खड्का नायिका बन्ने भएकी छन्।

अभिनेता विराजले यसको पुष्टि गर्दै अनुबन्धन सम्झौता भइसकेको बताए।

हामीले स्क्रिप्ट सुनायौं, उहाँले मनपराउनुभयो। हाम्रो सिनेमाको पात्रले खोजेको जस्तै भएकाले उहाँलाई अनुबन्धित गरेका छौं‘, विराजले भने

खड्का मिस नेपाल इन्टरनेशनल२०२२ हुन्। विराटनगर घर भएकी न्यान्सी व्यवसायिक मोडलसमेत हुन् भने उनले आमसंञ्चार विषयमाअमेरिकाबाट स्नातक गरेकी छन्

उनी केही समय अगाडि जापानमा भएकोमिस इन्टरनेश्नलमा नेपालको प्रतिनिधित्व गरेकी थिइन। यसका अलावा न्यानसीले मानसिकस्वास्थ्यमा जनचेतना फैलाउने काममा सक्रिय रहँदै आएकी छन्।

यसै सिनेमाबाट विराज आफ्ना छोरा समीर भट्टलाई डेब्यू गर्ने योजनामा छन्। त्यसैले सिनेमामा न्यान्सी कसको जोडी बन्छिन् भन्ने बारेमानिर्माण पक्षले हालसम्म केही खूलाएको छैन्।

केही समय अगाडि विराजले छोराको तस्विर सार्वजनिक गरेपछि अन्य धेरै नेपाली निर्माता उनको छोरालाई सिनेमा खेलाउन लालायितभएको बताइन्छ।

हाल प्रिप्रोडक्सनको चरणमा रहेको१२ गाउँठूलो बजेटमा तयार हुनेछ। सिनेमा चैत १५ बाट छायाँकनमा जाने भएको छ।

सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन् सिनेमालाई विराज आफैंले निर्देशन गर्नेछन्

सन् २०२४ मा रिलिज हुने सिनेमामा विराजले नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी गरेका छन् उनले यसलाईअन्तर्रराष्ट्रिय स्तरमा लैजाने गरी तयारी गरिरहेका छन् नेपाली सिनेमामा एक्सन भूमिकाहरुबाटै सुपरस्टार बनेका विराज पछिल्लोसमय भोजपुरी सिनेमामा व्यस्त छन् उनी भोजपुरी सिनेमाकालिस्टर स्टार हुन्

१२ गाउँसिनेमा विराजको होमप्रोडकसन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ विराजले योसिनेमालाई आफ्नो करियरको महत्वाकांक्षी सिनेमा मानेका छन्

न्यान्सीको तस्वीर उनको फेसबुकबाट