सौरभ चौधरी निर्देशित ‘अगस्त्य’को अग्रीम टिकट बुकिङ खुल्ला

सौरभ चौधरी निर्देशित ‘अगस्त्य’को अग्रीम टिकट बुकिङ खुल्ला

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘अगस्त्य : च्याप्टर १’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । यो वर्षको प्रतिक्षित सिनेमाको सुचीमा रहेको सिनेमाले अग्रीम टिकट बुकिङका राम्रो शो सङ्ख्या आफेनो पोल्टामा पार्न सफल भएको हो ।

फागुन १८ गते शुक्रबारबाट शोलो रिलिजको फाइदा सिनेमाको शोमा देखिएको छ । केही बलिउड र हलिउड सिनेमा नेपाल भित्रिएपनि सिनेमाले राम्रो शो सङ्ख्या आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

हालसम्म देशको ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १५ शो दिएको छ, भने मोफसलमा २९ शो पाएको छ । यस्तै यो सिनेमालाई देशको दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआईले १२ शो, बिग मुभिजले ३ शो, एफक्युबले ३ शो, बिएसआर मुभिजले ४ शो, वान सिनेमाज्ले ४ शो दिएका छन् । अन्य केही हलमा सिनेमाको अग्रीम टिकट खोल्ने तयारी भैरहेको हल सञ्चालकले जानकारी दिएका छन् ।

‘लभ डायरिज’बाट निर्देशनमा होमिएका सौरभको यो दोश्रो सिनेमा हो । नेपाल तथा भारतमा छायांकन गरिएको सिनेमालाई चौधरी आफैले लेखेका हुन् । सिनेमामा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत्त, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रको मुख्य भूमिका छ ।

प्रकाश मल्ल, अनिष तामाङ, अभिषेक चौधरीको लगानी रहेको सिनेमामा संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माताको कार्यकारी निर्माता हुन् ।