प्रियंकाले जन्मदिनमा घोषणा गरिन् छोटो सिनेमा ‘टाँक’

प्रियंकाले जन्मदिनमा घोषणा गरिन् छोटो सिनेमा ‘टाँक’

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री प्रियंका कार्कीको अभिनय तथा लगानी रहेको छोटो सिनेमा ‘टाँक’को घोषणा गरेकी छन् । मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर उनले सामाजिक सञ्जालमार्फत् दुईवटा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै सिनेमा निर्माणको जानकारी दिएकी हुन् ।

सिनेमाका सार्वजनिक दुवै पोस्टरमा प्रियंकालाई दुर्गम गाउँको दुःखी विवाहित महिलाको रुपमा चित्रण गरिएको छ । पोस्टर हेर्दा प्रियंका फरक चरित्रमा देखिएकी छन् । धादिङमा छायांकन भएको ‘टाँक’लाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । यसअघि उनले प्रियंकालाई नै लिएर सिनेमा ‘अनागत’ निर्माण गरेका थिए ।

अन्तर्राष्ट्रिय महोत्सवमा पठाउने तयारी गरिएको ‘टाँक’ प्रियंकाको कम्पनी आयंका फिल्म्सबाट निर्माण भएको हो । सिनेमामा प्रियंकाका अलवा रोयल केसी, एलेक्स केसी, अरुण रेग्मी, घनश्याम जोशी, रेनु योगीको पनि अभिनय छ । निर्देशक भुटियाकै लेखन र सम्पादन रहेको ‘टाँक’को निर्माता प्रियंका र आयुष्मान देशराज जोशी हुन् ।

यो छोटो सिनेमालाई आयुष्मानले खिचेका हुन् । यसअघि प्रियंकाले बनाएको वेब सिरिज ‘जस्ट एनदर लभ स्टोरी’लाई पनि आयुष्मानले खिचेका थिए । प्रियंका पछिल्लोपटक सिनेमा ‘फूलबारी’मा देखिएकी थिइन् ।