‘उपहार’को गीत ‘कहिले बार बिर्सिन्छु’मा रेखा, पूजा र बेनिशाको ग्ल्यामर अवतार

‘उपहार’को गीत ‘कहिले बार बिर्सिन्छु’मा रेखा, पूजा र बेनिशाको ग्ल्यामर अवतार

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महाशिवरात्रिको अवसर पारेर फागुन २५ गतेबाट रिलिज हुने सिनेमा ‘उपहार’को गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक भएको गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर तथा अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द रचना छ ।

गीतको भिडियोमा अभिनेत्री रेखा थापालाई धेरै समयपछि ग्ल्यामर अवतारमा दर्शकले हेर्न पाउँछन् । गीतमा उनको जोडीका रुपमा मुकुन भुषाल छन् । गीतमा मुकुन र रेखाबाहेक समर्पण जंग कार्की र पूजा शर्मा तथा तेज गिरी र बेनिशा हमालको जोडीलाई देख्न सकिन्छ । फरक-फरक लोकेसनमा खिचिएको भिडियो हेर्दा आकर्षक छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमाको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको सिनेमामा रेखा, पुजा, मुकुन, बेनिशा, तेज, र समर्पणका अलवा सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभरस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको पनि अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । सिनेमामा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीसँगै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।