संचारमन्त्री शर्माको चासोप्रति ‘सतीदेवी’ निर्देशक पुलकीत

संचारमन्त्री शर्माको चासोप्रति ‘सतीदेवी’ निर्देशक पुलकीत

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘सतीदेवी’ प्रति संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले चासो लिँदै नेपालमा यस प्रकारका मौलिक, यथार्थपरक सिनेमा निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् ।

मन्त्री शर्मा र ‘सतीदेवी’ का लेखक, निर्माता, निर्देशक लक्ष्मण सुवेदीबीच बुधबार मन्त्रीकै कार्यकक्ष, सिंहदरवारमा भएको भेटघाटमा नेपाली सिनेमाको बिकास, बिस्तार र श्रीबृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माको सुझाव थियो । मन्त्री शर्माले सिनेमा ‘सतीदेवी’ नारी प्रदान, मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई रुचि लागेको बताएकी थिइन् ।

निर्देशक सुवेदीले मन्त्री शर्मालाई आफ्नो सिनेमाको बिषयबस्तुको बारेमा बिस्तृतमा ब्याख्या गरेका थिए । मन्त्री शर्माले ‘सतीदेवी’ सिनेमा बारे निकै अभिरुचिका साथ सुनेर यस प्रकारका मौलिकता बोकेका नेपालीपनयुक्त सिनेमालाई राज्यले बिशेष रुपले सहयोग गर्ने प्रतिबद्धता जनाएको निर्देशक सुवेदीले बताए ।

मन्त्री शर्माले आफू सधै नेपाली सिनेमाको गुणस्तरिय र ब्याबसायिक बिकासको पक्षमा रहेको जोड दिदै छिट्टै नै सिनेमा ऐन लागू गर्न आफू लागीपरेको बताइन् । मन्त्री शर्माले सिनेमा अभिब्यक्तिको निकै सशक्त माध्यम भएकाले देशको कला, भाषा, संस्कृतिको बिकास र प्रबद्र्धनमा निकै प्रभावकारी भूमिका निर्वाह गर्ने बताउँदै सिनेमाकर्मीले मौलिक सिनेमा निर्माणमा लाग्नु पर्ने धारणा राखिन् ।

संचारमन्त्री शर्माले आफ्नो सिनेमाप्रति दिएको अभिरुचि र सहायताको प्रतिबद्धताबाट आफू निकै प्रफुल्लीत र प्रेरित भएको निर्देशक सुवेदीले बताए । उनले मन्त्री शर्मा नेपाली सिनेमा र सिनेमाकर्मीको समुन्नतीका लागि केही गरौं भन्ने भावनायुक्त पाएको भन्दै मन्त्री शर्माले समग्र सिनेमा क्षेत्रको जिम्मेवारीपूर्ण अभिभावकत्व बहन गरेको उल्लेख गरेका छन् ।