शुक्रबारबाट हलमा सौगात, नाजिर र मलिका स्टारर ‘अगस्त्य’ रिलिज

शुक्रबारबाट हलमा सौगात, नाजिर र मलिका स्टारर ‘अगस्त्य’ रिलिज

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट नेपाली सिनेमा ‘अगस्त्य : च्याप्टर १’ प्रदर्शनमा आएको छ । सोलो रिलिज भएको सिनेमा राम्रो शो सङ्ख्यासहित प्रदर्शनमा आएको हो । सिनेमाको व्यापक प्रचार अनि पोस्टर, टिजर र ट्रेलरबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले सिनेमा व्यापारमा सहयो पुग्ने विश्वास निर्माण टिमको छ ।

यस्तै, सोलो रिलिजको फाइदा पनि यो सिनेमालाई मिल्ने छ । बिहीबार गरिएको प्रिमियरबाट मिलेको सकारात्कम प्रतिक्रिया र दर्शकमाझ बनाएको हाइपले सिनेमाको बिहानी ओपनिङ्ग राम्रो देखिएको छ । बिहानी शोमा दर्शकबाट राम्रो वर्ड अफ माउथ मिलेको खण्डमा दिउँसो शोबाट दर्शकको चाप हलमा बढ्ने देखिन्छ ।

सिनेमाले सिंगल स्क्रिनदेखि मल्टिप्लेक्स हलसम्म राम्रो शो पाएको छ । जसको प्रत्यक्ष फाइदा व्यापारमा देखिने अपेक्षा निर्माण टिमको छ । यो सिनेमालाई लभ डायरिजबाट निर्देशनमा डेव्यु गरेका सौरभ चौधरीले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि स्वयंम निर्देशक चौधरीले नै लेखेका हुन् ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो सिनेमामा प्रमोदका अलावा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको सिनेमामा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।