‘डिग्री माइला’को टिजरमा अर्वपति विनोद चौधरीले दिए रमाइलो प्रतिक्रिया

‘डिग्री माइला’को टिजरमा अर्वपति विनोद चौधरीले दिए रमाइलो प्रतिक्रिया

द सिनेमा टाइम्स
1.8k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नयाँ वर्षमा रिलिज हुने रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को टिजर तथा एक गीत सार्वजनिक भइसकेको छ । सार्वजनिक गीत र टिजर दर्शक आकर्षित गर्न सफल भएको छ ।

यस्तै, सो सिनेमाको टिजरमा नेपालका अर्बपति धनाढ्य र विश्व चर्चित फोब्स पत्रिकाको अर्वपतिहरुको सूचिमा समावेश विनोद चौधरीले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले आफ्नो फेसबुकबाट टिजरमाथि प्रतिक्रिया दिएका हुन् ।

सिनेमाको सार्वजनिक टिजरको अन्तिममा सिनेमाका शीर्ष पात्र ‘डिग्री माइला’ले चौधरीको व्यापारिक समूह चौधरी ग्रुप जसलाई छोटकरीमा सिजी ग्रुप भनेर चिनिन्छ, सोही ग्रुपको नाम लिदैं सो कम्पनीले चार लाख तलब दिदां पनि आफूले त्यहाँ जागिर नखाएको गफ दिन्छन् ।

जवाफमा बाबुले तैले किन खाइनस् त ?’ भनेर सोध्छन् । जवाफमा डिग्री माइलाले ‘चौधरी आफै धनी छ, धनीमाथि के धनी हुनु ?’ भनेर जवाफ दिन्छन् ।

टिजरको यही रमाइलो प्रसंगको क्लिप्स राख्दै विनोद चौधरीले आफ्नो प्रतिक्रिया दिएका हुन् । उनले प्रतिक्रियामा सिनेमाको सफलताको शुभकामनासमेत दिएका छन् ।

‘मैले एक वर्षमा कमाउने त तपाईंले यहि एउटै सिनेमाबाट कमाउनुहुन्छ होला जस्तै छ त दयाहाङ जी। हैट !’ , उनले क्लिप्सको क्याप्सनमा लेखेका छन् ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेसगर्छ । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ ।

सिनेमामा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । सिनेमाले ‘किन चाउरिस मरिच आफ्नै रागले‘ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।

सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।