‘अगस्त्य’को प्रिमियरमा कस्ले के भने ?

‘अगस्त्य’को प्रिमियरमा कस्ले के भने ?

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा अगस्त्य च्याप्टर १ को बिहीबार साँझ ललितपुरस्थित क्युएफएक्स लविममा प्रिमियर शोको आयोजना गरिएको छ । प्रिमियर शोमा सिनेमा हेर्न पत्रकार तथा सिनेमाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

सिनेमाको प्रिमियरमा कलाकार, प्राविधिक, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरू पुगेका थिए । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

यो सिनेमा हेरेपछि अधिकांशले मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको खुलेरै तारिफ गरेका छन् । सिनेमा हेर्न पुगेका निर्देशक प्रदीप भट्टराई, दीपश्री निरौला, अभिनेताहरू सुशील श्रेष्ठ, आर्शीवाद क्षेत्री, निर्देशक तथा संचारकर्मी दिनेश डीसी, कलाकार निर्मल शर्मा लगायतले प्रशंसा गरेका थिए ।

नेपाली सिनेमाको कथामा उच्च मेकिङमा साथ अगस्त्य बनेको उनीहरुको भनाई थियो । सिनेमाकर्मी र पत्रकारबाट पाएको प्रतिक्रियाले मुख्य कलाकारहरू सौगात मल्ल, नाजिर हुसेन, मलिका महत पनि खुशी देखिए । उनीहरुले सिनेमाको छायांकनका क्रममा गरेको मिहिनेत सार्थक भएको बताएका छन् ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो सिनेमामा प्रमोदका अलावा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको सिनेमामा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

सिनेमाको निर्माणपक्षले ‘अगस्त्य च्याप्टर २’ सन् २०२६ मा रिलिज गर्ने घोषणा पनि गरेको छ ।