‘रङ्गेली’को रोमान्टिक गीत ‘घामले तारा’ सार्वजनिक

‘रङ्गेली’को रोमान्टिक गीत ‘घामले तारा’ सार्वजनिक

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको सिनेमा ‘रङ्गेली’को रोमान्टिक गीत ‘घामले तारा’ सार्वजनिक गरिएको छ । गीतमा निशान भट्टराई र अन्नु चौधरीको स्वर अनि हर्क साउदको शब्द रचना तथा सुशान्त गौतमको संगीत छ ।

सार्वजनिक गीतका म्यूजिक प्रोड्युसर रिकेश गुरुङ किज हुन् । युरोपस्थित विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा गीतको संगीत रेकर्डिङ भएको हो । फागुन २५ गते महाशिवरात्रीको अवसरमा रिलिज हुने गीतमा दयाहाङ र मिरुना फिचर्ड छन् । उनीहरुलाई सिनेमाकै चरित्रमा देख्न सकिन्छ ।

सार्वजनिक गीतमा दयाहाङ रफटफ हुलियामा छन् भने मिरुना थारु युवतीको गेटअपमा देखिएकी छन् । गीतमा उनीहरुको प्रेमभाव झल्काइएको छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतलाई सुशन प्रजापतीले छायांकन गरेका हुन् । गीतको अडियो र भिडियोको छायांकन पक्ष आकर्षक लाग्छ ।

‘रङ्गेली’मा अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको छ । सिनेमामा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको मुख्ख भूमिका रहेको छ । सिनेमाका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागाईं सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।