‘रुमानी रङ्ग’लाई काफिया फिल्मस् र कुँवर सिने फिल्मस्ले वितरण गर्ने

‘रुमानी रङ्ग’लाई काफिया फिल्मस् र कुँवर सिने फिल्मस्ले वितरण गर्ने

द सिनेमा टाइम्स
966
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह तथा धीरज मगरको दोश्रो स्क्रिन रोमान्सरुमानी रङ्गको वितरण अधिकार काफिया फिल्मस् तथाकुँवर सिने फिल्मस्ले प्रा.लिले लिएका छन्।

शनिबार सिनेमाले यी कम्पनीसँग सम्झौता गरेको हो । सम्झौता अनुसार गोविन्द शाहीको काफिया फिल्मस्ले राजधानी वितरण गर्नेछभने कुँवर सिने फिल्मस्ले प्रालिले मोफसल वितरण गर्नेछ ।

अनिल योञ्जनको निर्देशन रहने सिनेमालाई ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा लिको व्यानरमा निर्माण रहने सिनेमामा जिएम ठकुरीप्रस्तुकर्ता छन् भने हरि मल्ल ठकुरी निर्माता हुन् । शनिबार कम्पनीका तर्फबाट हरि मल्ल ठकुरीले वितरण सम्झौता गरेका हुन् ।

अष्ट्रेलियामा ९० % तथा नेपालमा १० % छायाँकन रहने सिनेमा रोमकोम जनरामा बन्नेछ ।

सिनेमामा आविस्कार बहुसंचार प्रा.लिको सहकार्य रहनेछ भने अष्ट्रेलियाको लाइन प्रोडियूसरमा डिव्वाईज इन्टटेन्मेन्ट रहेको छ । यो कम्पनीलेडमरूको डण्डीवियो’, ‘नेप्टे’, ‘क्यापटेनतथा मेरो हजुरलगायतका १० बढि नेपाली सिनेमाको अष्ट्रेलियामा वितरणगरिसकेको छ ।

सिनेमाले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने जानकारी निर्माणपक्षले दिएको छ । निर्माणपक्षले यसलाई रंगिन प्रेमकथाभनेको छ ।

सिनेमाले सजिलोसँग तोडिने गार्होसँग जोडिने मायालाई हसाएर, रुवाएर विदेशमा बस्ने विद्यार्थीको दु:खसमेत देखाउनेछ । सिनेमावैशाखको पहिलो साताबाट फ्लोरमा जानेछ।रुमानीको अर्थ एउटा सुन्दर मनमोहक हो ।

महेश पौडेलको सिनेम्याटोग्राफी रहने सिनेमामा सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सहनिर्माता छन्