३ एसएसपी सहित करिब दुई सय बढि प्रहरीहरुले हेरे ‘अगस्त्य’

३ एसएसपी सहित करिब दुई सय बढि प्रहरीहरुले हेरे ‘अगस्त्य’

द सिनेमा टाइम्स
203
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सोमबार नेपाल प्रहरीका ३ एसएसपी सहित करिब दुई सयमाथि प्रहरीहरुले ‘अगस्त्य’ सिनेमा हेरेका छन् । उनीहरुले बिग मुभिजमा सौरभ चौधरी निर्देशित सिनेमा हेरेका हुन् ।

सिनेमा हेर्नेमा प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनाली, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीसहित डीएसपी, इन्सपेक्टर, प्रहरी जवानसहित काठमाडौं प्रहरीको प्रत्येक वृत्तमा रहेका दुई-तीन जनाले सिनेमा हेरेका हुन् ।

सिनेमा हेरेपछि उनीहरुले ‘अगस्त्य’ मनपरेको प्रतिक्रिया दिए । सिनेमा हेर्न ‘अगस्त्य’ निर्माता, निर्देशक तथा अभिनेता सौगात मल्ल उपस्थित थिए ।

सिनेमामा सौगातका अलवा मलिका महत, नाजिर हुसेन, निश्चल बस्नेत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमामा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेल निर्माता तथा विश्व गौचन, अभिषेक चौधरी कार्यकारी निर्माता छन् । सिनेमामा सञ्जय लामाको छायांकन, मनोज श्रेष्ठको भीएफएक्स तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।