चितवनको मेघौलीबाट ‘बेहुली फ्रम मेघौली’को छायांकन सुरु

चितवनको मेघौलीबाट ‘बेहुली फ्रम मेघौली’को छायांकन सुरु

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निश्चल बस्नेत तथा स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको सिनेमा’बेहुली फ्रम मेघौली’को बुधबारबाट छायांकन सुरु भएको छ । चितवनको मेघौलीस्थित एक मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो । सिनेमाको सम्पूर्ण छायांकन मेघौली गाउँमा नै गरिनेछ ।

निश्चल र स्वस्तिमा यसअघि ‘घामड शेरे’मा साली-भेनाको भूमिकामा एकसाथ देखिएका थिए । उनीहरुको केमिस्ट्रीलाई दर्शकहरुले रुचाएका थिए । रोमकोम जनरामा बन्ने ‘बेहुली फ्रम मेघौली’ले पर्दामा उनीहरुको रोमान्सलाई अझ ताजा गराउने विश्वास गरिएको छ ।

स्वस्तिमा यो सिनेमाको निर्मात्रीसमेत हुन्। उनलाई श्रीमान् तथा निर्देशक निश्चल बस्नेतले निर्माणमा सघाएका छन् । सिनेमालाई साजन काफ्ले र आकाश बरालले संयूक्त रुपमा निर्देशन गर्नेछन् । यो उनीहरुको डेब्यू निर्देशन हो।

निश्चल र स्वस्तिमाका अलावा सिनेमामा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको पनि सिनेमामा अभिनय रहनेछ । ब्याक हर्स पिक्चर्स र मघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको सिनेमालाई आकाश र साजनले मिलेर लेखका हुन् । आकाशले यसअघि निश्चल निर्देशित सिनेमा ‘दिमाग खराब’को स्क्रिप्ट लेखेका थिए ।

सिनेमाको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का रहेका छन् । सिनेमालाई आगामी वर्षको दशैंमा प्रदर्शन गर्ने तयारी छ । यो सिनेमा प्रदर्शनपछि आगामी वर्ष निश्चल एक्सन सिनेमा निर्माणको तयारीमा छन् ।

निश्चलले २०८३ सालमा ‘दिमाग खराब’को सिक्वेल बनाउने उनको योजना छ । स्वस्तिले अभिनय गरेका तीन सिनेमा ‘ऐंचो पैंचो’, ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘दिमाग खराब’ यसवर्ष प्रदर्शन भैसकेका छन् ।

तस्वीर : केशव पाण्डे