एआईले बनायो ‘महाजात्रा’ पोस्टर, यस्तो देखिए फणिन्द्र, जोयश र मुन्ना

एआईले बनायो ‘महाजात्रा’ पोस्टर, यस्तो देखिए फणिन्द्र, जोयश र मुन्ना

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय आर्टिफेसियल इन्टिलेजेन्स (एआई) को लोकप्रियता बढ्दो छ । एआई प्रविधिमार्फत आफूलाई आवश्यक सामाग्री तयार गर्ने प्रचलन विश्वभर बढिरहेको सन्दर्भमा यही प्रविधिमार्फत नेपाली सिनेमाको क्यारेक्टर तयार गरिएको हो ।

दर्शक माँझ ‘जात्रा’ मार्फत प्रसिद्ध पात्र फडिन्द्र, जोयश र मुन्नालाई एआईलाई प्राप्त जानकारीको आधारमा तयार गरेको छ । सामाजिक सञ्जालमा लोकप्रिय भइरहेको तस्बिरले सिनेमाले देखिँदै आएको क्यारेक्टरलाई फरक ढंगले प्रस्तुत गरेको छ । सुन र पैसाको मोहमा रहेका ती पात्रलाई डिजिटल रुपमा उपलब्ध जानकारी अनुसार एआईले तयार गरेको हो ।

सिनेमा प्रदर्शन पश्चात दर्शकमार्फत ‘वर्ड अफ माउथ’ बलियो सुनिएपछि समीक्षात्मक सफलता मात्र नभई व्यावसायिक सफलतासमेत प्राप्त गरिरहेको ‘जात्रा’को सिरिजको रुपममा तयार भएको ‘महाजात्रा’लाई प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेका छन् ।

षट्कोण आट्र्सको निर्माण गरेको सिनेमामा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

‘महाजात्रा’को भारतबाहेकको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । लगातार हरेक सिनेमामा दर्शक र समीक्षकको विश्वास जित्न सफल निर्देशक भट्टराईको नामले हलसम्म पुग्ने गरेका छन् । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने सिनेमामा हासो र रोदनको मिश्रण छ ।

सिनेमामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । सिनेमा आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ । सिनेमामा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङगीतकार, शमशेर लामा शृङगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।