केकी अधिकारीको ‘बोक्सीको घर’ टिजर सार्वजनिक

केकी अधिकारीको ‘बोक्सीको घर’ टिजर सार्वजनिक

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा ‘बोक्सीको घर’को टिजर सार्वजनिक गरिएको छ । नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर सिनेमाको टिजर रिलिज गरिएको हो ।

यो सिनेमा ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको छ । सामाजिक-थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो । सिनेमा बैशाख १४ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजना अभिनेत्री तथा निर्मात्री अधिकारीको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । यस्तै कार्यकारी निर्माता राज घिमिरे हुन् ।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमालाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । टिफल्क फिल्मस्ले यो सिनेमालाई वितरण गर्नेछ ।