दोस्रो दिन पनि ‘रङ्गेली’को सुखद् व्यापार

दोस्रो दिन पनि ‘रङ्गेली’को सुखद् व्यापार

द सिनेमा टाइम्स
182
Shares

सिनेमा टाइम्स, काठमाडौं – रिलिजको दोस्रो दिन पनि  ‘रङ्गेलीले उत्साहजनक व्यापार गरेको काठमाडौं उपत्यका तथाबाहिरका धेरै हलहरू हाउसफुल रहेको वितरक गोविन्द शाहीले बताए

बिहान सबेरै बेलुका अबेरका शोहरूमा दर्शक कम देखिएको भएता पनि दिउसोका प्रायः शोमा हाउसफुल दर्शक रहेको शाहीले बताए शुक्रवार साँझसम्म ७० प्रतिशत माथिको अकुपेन्सी देखिएकोमा शनिवार पनि सोही अनुपात कायम रहेको वितरकको भनाई दर्शककोवर्ड अफ माउथका कारण दर्शकको सङ्ख्या बढिरहेको देखिएको अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमादेखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन्

आफ्नै वरपरको जस्तो महसुस हुने समय अनुसारको कथा कथा भन्ने शैली मन परेको प्रतिक्रिया दर्शकले दिएका छन्  नयाँ निर्देशकले बनाएको जस्तोनलाग्ने तथा कतिपय पहिलो पटक अभिनय गरेका कलाकारहरूलाई पनि अनुभवी अभिनयमा देखेको दर्शकको प्रतिक्रिया दर्शकले सिनेमाको मेकिङ क्लाईमेक्समा बढी मनोरञ्जन लिएको देखिएको  

शनिवार काठमाडौंको बिग मुभिजमा प्रमुख अभिनेता अर्पण थापा दर्शकसँग प्रतिक्रिया लिन पुगेका थिए सो क्रममा सिनेमाको पात्रभगवान् दादाको रूपमा आफूलाई रुचाइएकोमा उनी प्रसन्न देखिए उनले आफूले जहिले पनि सिनेमाको अन्तर्यमा पुगेर अभिनय गर्नचाहने जिकिर गरे  निर्देशक अर्जुन सुवेदीले सिनेमाको ‘सेकेन्ड हाफकोट्विस्ट एन्ड टर्नलाई दर्शकले मन पराएकोप्रतिक्रिया पाएको बताए

यस्तै, शनिवाररङ्गेलीहेर्न पुगेका वरिष्ठ अभिनेता सरोज खनाल, अभिनेत्री केकी अधिकारी, अभिनेता प्रमोद अग्रहरी, निर्देशक तथाअभिनेत्री दीपा श्री निरौलालेरङ्गेलीउत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन्