शनिबार बिहानैदेखि ‘उपहार’मा दर्शकको चाप

शनिबार बिहानैदेखि ‘उपहार’मा दर्शकको चाप

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महाशिवरात्रिको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘उपहारले बक्स अफिसमा सुखद् सुरुवात गरेको पहिलो दिनदेशभर ६० प्रतिशतमाथि अकुपेन्सी कायम गरेको सिनेमा शनिबार पनि बलियो देखियो

बिहानदेखि साँझसम्म काठमाडौं मोफसलकाहलहरुमा दर्शकको चाप उल्लेख्य थियो । देशभर प्राप्त शोजमा ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको क्यूएफएक्स चेन अन्तर्गतको सिभिल तथा लबिम मलसहित काठमाडौंका एफक्युब, बिग मुभिज, वान सिनेमाज्, बिएसआर मुभिज, आईएनआई सिनेमाज्, रञ्जना सिनेप्लेक्स, अष्टनारायण लगायतका हलमा शनिबार बिहानैदेखिउपहारको शोजमा दर्शकको चाप थियो मोफसल अन्तर्गत बुटवल, चितवन, पोखरा लगायतका सहरहरुमा पनि राम्रो दर्शक पाएको रिपोर्ट प्राप्त

शुक्रबार जस्तै शनिबार पनि पूजा बेनिशाले काठमाडौंका विभिन्न हल पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए

दर्शकबाट सिनेमालाईउत्साहजनक साथ मिलेको भन्दै उनले खुसी व्यक्त गरेकी छन्

उपहारलाई प्रतिक्रिया पनि सुखद् मिलेको अभिनेत्री रेखा थापाको गम्भीरभूमिका, पूजा शर्माको कमेडी बेनिशा हमालको अभिनयलाई दर्शकले मन पराएका छन्

वितरक करण श्रेष्ठले स्वदेशी विदेशी गरी पाँचवटा सिनेमा रिलिज हुँदा पनिउपहारले एकखालको माहोल बनाएको दाबी गरेका छन् सिनेमाको बुकिङ डोर सेलदुवै निकै राम्रो

शुक्रबार र शनिबारको विदाले सिनेमाको व्यापारमा राम्रो फाइदा पुगेको । प्राय शोज आज पनी हाउसफूल छन् करण ले जानकारी दिय ।

रेखा फिल्मस् र कपनगढी सिनेमाको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको सिनेमामा ज्ञानेन्द्र देउजाको निर्देशन छ ।