‘अन्तीम संस्कार’ निर्देशकको सिनेमामा प्रदीप खड्का अनुबन्धित

‘अन्तीम संस्कार’ निर्देशकको सिनेमामा प्रदीप खड्का अनुबन्धित

द सिनेमा टाइम्स
231
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदीप शाहीको निर्देशनमा निर्माण हुने सिनेमामा अभिनेता प्रदीप खड्का अनुबन्धित भएका छन् । गत बर्ष प्रदर्शनमा आएको सिनेमा ‘अन्तीम संस्कार’बाट तारीफ बटुल्न सफल निर्देशक शाहीको सिनेमाको शिर्षक भने सार्वजनिक गरिएको छैन ।

शाई प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने सिनेमामा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ । पछिल्लो समयका व्यस्त र लोकप्रिय अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पारेर शनिवार निर्माण टिम र खड्काबीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।

सिनेमाको कथा निर्देशक शाहीले नै लेखेका हुन् । साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने सिनेमाको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ले बताए । सिनेमामा मिथिकल इलेमेन्टहरु पनि रहेको निर्देशक शाहीले जानकारी दिए ।

प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो सिनेमा ‘गोर्खा ः बिनिथ द ब्रेभरी’ले अमाजोन प्राइममा राम्रो दर्शक पाउन सफल बनेको थियो । नेपाली सिनेमाको बजार नेपालमा मात्र नभई विदेशमा र बिदेशी ओटीटी प्लेटफर्ममा पुर्याउनु पर्छ र नेपालीले पनि बिदेशी लेभलको सिनेमा बनाउन सक्छ भन्ने देखाउने सोच रहेको निर्देशक शाहीले बताए ।