‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु

‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु भएको छ । आठ देशका कलाकारलाई लिएर सिनेमाको छायांकन सुरु भएको हो ।

दोस्रो चरणमा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, दक्षिण अफ्रिका लगायत मुलुकका कलाकार समावेश छन् । अमेरिकामा बसोबास गर्दै आएका साहित्यकार मित्र प्रधान सिनेमाका निर्देशक हुन् । ज्ञानबहादुर प्रधान सिनेमामा निर्माताको रुपमा रहेका छन् ।

पहिलो चरणमा नेपालको झापा, इलाम र भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ, पश्चिम बंगालमा छायांकन गरिएको थियो । सिनेमामा रोशन श्रेष्ठ, बुद्धि तामाङ, विजय बराल, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजवंशीको अभिनय छ ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्टको प्रस्तुति रहेको यो सिनेमाले विदेशमा रहेका नेपालीभाषीको कथावस्तुलाई उठान गरेको छ । सिनेमाले नेपाली भाषा, साहित्य, कला, इतिहास र महत्वलाई दर्शाउने निर्देशक प्रधानले बताए ।

शिवम् अधिकारीको पटकथा रहेको सिनेमामा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समीर मियाको भीएफएक्स, कविराज गहतराजको नृत्य रहेनछ । मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेलको छ ।