‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’ रिलिज

‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’ रिलिज

द सिनेमा टाइम्स
217
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शोभित बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘बद्री बहादुर’को गीत रिलिज गरिएको छ । आगामी चैत्र २३ गतेबाट प्रदर्शनमा आउने सिनेमाको सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘पुलिस दाई’ बोलको गीत रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा अभिनेत्री पूजा शर्मा, अभिनेता सलोन बस्नेतको साथमा सिनेमाका मुख्य कलाकार जय किसन बस्नेत, राजिव बस्नेत र छुल्ठिम गुरुङलाई फिचर्ड गरिएको छ । पूजा र सलोन सिनेमाको यही गीतमा मात्रै देखिनेछन् । उनीहरुले सिनेमामा विशेष भुमिका निवार्ह गरेका हुन् ।

सिनेमाको निर्माण टिमले धेरै हाँस्न नसक्नेले सिनेमा नहेर्न समेत पोस्टरमै उल्लेख गरेको छ । सिनेमाको सार्वजनिक गीतमा शिवम् अधिकारीको शब्द रचना, टंक बुढाथोकीको संगीत तथा संगीतकार बुढाथोकी र मिलन नेवारको स्वर सुन्न सकिन्छ ।

शिव विकको कोरियोग्राफी रहेको गीतलाई बिनोद सापकोटाले खिचेका हुन् । सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको सिनेमा एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे सिनेमाको निर्मातामा छन् । सिनेमामा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाई र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् ।

सिनेमामा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँ सम्पादन छ । आरआर फिल्म्सले वितरण गर्ने सिनेमालाई काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो ।