लण्डनमा ‘नेपाली सिनेमा महोत्सव-२०२४’ आयोजना हुने

लण्डनमा ‘नेपाली सिनेमा महोत्सव-२०२४’ आयोजना हुने

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लण्डनमा ‘नेपाली सिनेमा महोत्सव-२०२४’ आयोजना हुने भएको छ । आगामी वर्षको जेठमा बेलायतको राजधानी लण्डनमा दोस्रोपटक यो महोत्सव हुन लागेको हो । थर्ड आई लिमिटेडका अध्यक्ष विकास देवकोटाले सात दिनसम्म महोत्सव चल्ने जानकारी दिए ।

आगामी जेठ २७ गतेदेखि असार १ गतेसम्म महोत्सव हुनेछ । महोत्सवमा १० वटा नेपाली सिनेमा प्रदर्शन हुने जनाइएको छ । बेलायतमा नेपाली सिनेमा महोत्सव आयोजना हुँदा नेपाली कला-संस्कृतिको पर्वद्धनमा ठूलो सहयोग पुग्ने विश्वास अध्यक्ष देवकोटाको छ ।

उनी भन्छन्, ‘हामी नेपाली परिवेश र नेपाललाई चिनाउने सिनेमा देखाउनेछौं । यसले नेपाली सिनेमाको बजार विस्तारमा टेवा र्पुयाउनेछ भने नेपाली कला-संकृतिको पर्वद्धन गर्नेछ ।’ नेपालबाट ४० जना सिनेमाकर्मी महोत्सवमा सहभागी हुने जनाइएको छ ।

थर्ड आईले महोत्सवमा ५० वटा सिनेमाको आवेदन पर्ने आशा गरेको छ । जसमध्ये दशवटा सिनेमालाई मनोनयन गरेर पाँचवटालाई अवार्ड प्रदान गरिनेछ । महोत्सवमा भाग लिन चाहने सिनेमाका मेकरले थर्ड आईको फेसबुक पेजमा गएर आवेदन दिन सक्नेछन् ।

पछिल्लो समय बेलायत नेपाली सिनेमाको बजार बलियो बन्दै गइरहेको छ । जसले लण्डन सिनेमा महोत्सव प्रभावकारी हुनसक्ने देखिन्छ ।