‘रङ्गेली’को गीत ‘फूल ओइलिएर’ रिलिज

‘रङ्गेली’को गीत ‘फूल ओइलिएर’ रिलिज

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रवारदेखि प्रदर्शनमा आएको सिनेमा ‘रङ्गेली’को नयाँ गीत ‘फूल ओइलिएर’ रिलिज भएको छ । सार्वजनिक गीतमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ । सिनेमाका निर्देशक अर्जुन सुवेदीले शब्द रचना गरेका हुन् ।

शुक्रवार देखि बिहीबारसम्म आइपुग्दा सिनेमाले दर्शकको राम्रो साथ पाइरहेको छ । दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको संख्या बढिरहेको देखिएको छ । बुधवार दिउँसोका शो हरू सन्तोसजनक र साँझका शो हरू हाउसफुल थिए । दर्शकबाट सिनेमा केही लामो भएको प्रतिक्रिया पाएपछि २१ मिनेट घटाइएको थियो ।

सिनेमाको लम्बाई कम भएपछि दर्शकले झनै इञ्जोए गरेको निर्देशक सुवेदीले बताए । अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो सिनेमामा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् । सिनेमाको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको अलवा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । सिनेमाका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । सुसन प्रजापतिले सिनेमाको छायांकन गरेका हुन् ।