नीर शाह सांस्कृतिक महासंघको सल्लाहकार नियुक्त

नीर शाह सांस्कृतिक महासंघको सल्लाहकार नियुक्त

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल सांस्कृतिक महासंघले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । बुधवार बसेको बैठकबाट नेपाली सिनेमाका बरिष्ठ कलाकार तथा निर्देशक नीर शाहसहित साहित्यकार डाक्टर ध्रुवचन्द्र गौतम, चित्रकार किरण मानन्धर, साहित्यकार महेश प्रसाईँ र गायक कृष्णसुधा ढुङ्गाना सल्लाहकार नियुक्त भएका छन् ।

नेपाली काँग्रेसको शुभेच्छुक संस्था महासंघका सभापति तीर्थबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति पनि गठन भएको बताइएको छ । यो समितिमा महासंघका महामन्त्री शिवशंकर रिजाल र कलाकार, निर्माता तथा सिनेमा वितरक गोविन्द शाही रहेका छन् ।

त्यसैगरी, अर्जुन गिरीको संयोजकत्वमा अनुशासन समिति, गङ्गाबहादुर पाण्डेको संयोजकत्वमा न्यायिक समिति र शर्मिला बोहराको संयोजकत्वमा विधागत संघसंस्था समन्वय विभाग गठन भएको छ ।

प्रभातमणि ओझाको संयोजकत्वमा आर्थिक विभाग, विपिन किरणको संयोजकत्वमा कार्यक्रम संयोजन विभाग, कुवेर गिरीको संयोजकत्वमा प्रचार विभाग, कुमार बस्नेतको संयोजकत्वमा विदेश विभाग र महासंघ विधान संशोधन महासमिति संयोजकमा कृष्णगोपाल केसी रहेका छन् ।