दीवाकर र दीपिकालाई पुत्रलाभ

दीवाकर र दीपिकालाई पुत्रलाभ

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईलाई पुत्रलाभ भएको छ । आइतबार राति ८ः४५ बजे दीपिकाले कान्तिपथस्थित ग्राण्डी सिटी हस्पिटलमा शल्यक्रियामार्फत् पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।

आमा र छोराको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक भट्टराईले जानकारी दिए । दुवै केही दिन अस्पतालमै बस्नुपर्नेछ । दीपिकाले गत मंसिरमा सिनेमा ‘मायावी’को छायांकन सकाएकी थिइन् । उनले गर्भावस्थामै सिनेमाको छायांकन गरेकी हुन् । २०७६ सालमा उनको दीवाकरसँग विवाह भएको थियो ।

सिनेमा ‘ऐश्वर्य’मा एकसाथ काम गर्ने क्रममा उनीहरुबीच प्रेम अंकुराएको थियो । यही सिनेमाबाट दीपिकाले डेब्यू गरेकी थिइन् । ‘ऐश्वर्य’पछि उनले ‘छक्का पञ्जा ३’ र ‘हेल्लो जिन्दगी’ गरी दुई सिनेमामा काम गरिन् । दीवाकरको भने सिनेमा ‘मेरो जीवन साथी’बाट निर्देशन यात्रा सुरु गरेका थिए ।

त्यसपछि उनले ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’को पनि निर्देशन गरिसकेका छन् । उनी निर्देशित पछिल्लो सिनेमा ‘हनी बनी’ र ‘मायावी’ प्रदर्शनको पखाईमा छन् । उनी अर्को वर्ष राज कटुवाल र नीति शाहलाई लिएर सिनेमा ‘राजा’ निर्माणको तयारीमा छन् ।