‘अन्तिम संस्कार’ निर्देशकको सिनेमामा प्रदीपको जोडी बेनिशा

‘अन्तिम संस्कार’ निर्देशकको सिनेमामा प्रदीपको जोडी बेनिशा

द सिनेमा टाइम्स
301
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता प्रदीप खड्का र अभिनेत्री बेनिशा हमाल पहिलोपटक सिनेमामा जोडी बाँध्ने भएका छन् । ‘अन्तिम संस्कार’का निर्देशक प्रदीप शाहीको निर्देशनमा निर्माण हुने अनटाइटल सिनेमामा उनीहरुको जोडी बाँधिन लागेको हो ।

प्रदीपसँग अघिल्लो साता जन्मदिनको दिन निर्माण टिमले कागजी सम्झौता गरेको थियो भने बेनिशालाई यही साता अनुबन्धित गरिएको हो । शीर्षक तय हुन बाँकी रहेको सिनेमा साइ–फाई जोम्बी जनरामा निर्माण हुने जनाइएको छ । सिनेमामा निर्देशक शाही स्वयंको लेखन छ ।

शाई प्रोडक्सन नेपालको निर्माणमा बन्न लागेको सिनेमामा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ । सिनेमाको कार्यकारी निर्मातामा विनोद सुवेदी खत्री ‘क्षितिज’ छन् । आगामी वर्षको भदौपछि सिनेमाको छायांकन सुरु गर्ने योजनामा निर्माण टिम छ ।

सिनेमामा ‘मिथिकल एलिमेन्ट्स’ पनि रहने निर्देशक शाहीले जानकारी दिए । उनले यसअघि ‘अन्तिम संस्कार’सहित ‘गोर्खा : बिनिथ द ब्रेभरी’ पनि निर्देशन गरेका थिए । फिचर सिनेमाअघि शाहीले ‘पासपोर्ट’, ‘वेटिङ, ‘सिम्बोल १’, ‘कन्फ्लिक्ट’ लगायतका छोटा सिनेमा निर्देशन गरेका थिए । जुन सिनेमा केही अन्तर्राष्ट्रिय अवार्ड समेत जितेका छन् ।