‘उपहार’ बिदेश रिलिजको सुरुवात, पहिलो शो नै हाउसफूल

‘उपहार’ बिदेश रिलिजको सुरुवात, पहिलो शो नै हाउसफूल

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा दोस्रो हप्तामा प्रदर्शन भैरहेको सिनेमा ‘उपहार’ बिदेश रिलिजको सुरुवात भएको छ । सिनेमाको पहिलो शो अमेरिकाको कोलोराडो राज्यमा गरिएको हो ।

निर्माण टिमले दिएको जानकारी अनुसार पहिलो शो हेर्न आएका ४० प्रतिशत दर्शक फर्केका छन् । सिनेमा दर्शक ओभरफ्लो भएपछि यो संख्याको दर्शक फर्काउन परेको थियो । सिनेमा हेर्न हलमा हिफाजत अभिनेता आयुष रिजाल समेत पुगेका थिए । उनल अभिनेत्री तथा निर्मात्री रेखा थापाको उपहार  राम्रो बनेको प्रतिक्रिया समेत दिएका छन् ।

सिनेमाको माग पछी  भोली मंगलबारको लागि अर्को शोको समेत व्यावस्था गरिएको अभिनेत्री थापामा बताइन् । अभिनेत्री थापा केही समय यता अमेरिका नै पहिलो सन्तानलाई जन्म दिएर उतै बसेकी छिन् । उनले त्यहीँबाट सिनेमाको प्रचार डिजिटल माध्यमबाट गरेकी थिइन् । उनीसँग सिनेमा हेर्न अमेरिकामा दर्शकको भिड देखिएको हो ।

ज्ञानेन्द्र देउजाद्वारा निर्देशित सिनेमाबाट अभिनेत्री रेखा थापाले मालिका रिलिजको ५ बर्षपछि निर्माण र अभिनयमा कमब्याक गरेकी हुन ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको सिनेमामा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । सिनेमामा विष्णु कल्पित घिमिरेको छायांकन रेहको सिनेमामा मित्र डि गुरुङको सम्पादन छ । अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ ।