हङकङका अधिकांश हलमा रिलिज हुँदै गाउँ आएको बाटो ?

हङकङका अधिकांश हलमा रिलिज हुँदै गाउँ आएको बाटो ?

द सिनेमा टाइम्स
14
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली कथानक चलचित्र ‘गाउँ आएको बाटो’ हङकङमा पनि रिलिज हुने भएको छ । हङकङका सिनेमा हलमा बक्सअफिसमा नै सिनेमा रिलिज हुने निर्माता आमोद राईले जानकारी दिए ।

‘बक्स अफिसमै सिनेमा रिलिज गर्न केही कानुनी प्रावधान छन्, अहिले त्यसमा काम भइरहेको छ । त्यसपछि हामी रिलिज डेट तय गर्नेछौँ,’ आमोदले भने ।

चिनियाँ भाषामा सबटाइटल र सेन्सरसिप पनि गर्नुपर्ने भएकाले केही समय लाग्ने उनले जानकारी दिए ।

नवीन सुब्बाको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई र पशुपति राई मुख्य भूमिकामा छन् । चलचित्र ‘गाउँ आएको बाटो’ नेपालमा जेठ १८ गते रिलिज हुँदै छ ।

विदेशका विभिन्न ठूला फिल्म फेस्टिभलको फन्को लगाएर नेपालमा रिलिज हुन लागेको यो चलचित्रले गाउँमा सडक पुगेपछि बाबु र छोराबीचको सम्बन्धमा आउने उतारचढावको कथा भन्छ ।