‘महाजात्रा’को अग्रीम टिकट बुकिङ खुल्ला, मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च शो

‘महाजात्रा’को अग्रीम टिकट बुकिङ खुल्ला, मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च शो

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चैत्र ९ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘महाजात्रा’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । सफल ब्राण्डको तेस्रो सिक्वेल र उच्च प्रचारले सिनेमालाई हल सञ्चालकले बम्पर व्यापारको विश्वास सहित उच्च शो प्रदान गरेका छन् ।

सिनेमाले देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै आफ्ना देशभरका स्क्रिनमा ७० शो पाएको छ । यता देशको दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाज्ले १५ शो दिएको छ । यस्तै, बिग मुभिजले ५ शो, वान सिनेमाज्ले १६ शो, एफक्युबले ७ शो, बिएसआर मुभिजले ५ शो, रञ्जना सिनेप्लेक्सले ९ शो, सिके सिनेमाजले ७ शो, क्युज सिनेमाज्ले ९ शोज दिएका छन् । सिनेमाले देशभरका सिनेमा हलमा करिब २५० बढि शो पाएको छ ।

मंगलबार राजधानीमा गरिएको सिनेमाको प्रिमियर शोमा मिलेको प्रतिक्रियाले पनि सिनेमाको शो उच्च हुनको कारण देखिन्छ । सिनेमाले प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । प्रदीप भट्टाराई लिखित तथा निर्देशित सिनेमा चैत ९ गते रिलिज हुँदैछ।

सिनेमामा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको शीर्ष भूमिका छ । सिनेमामा हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् । वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङको सिनेमामा अभिनय छ ।

सिनेमाले वक्सअफिसमा उत्साहजनक व्यापार गर्ने आशा राखिएको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको सिनेमाको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ ।

जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको सिनेमामा पुरुषोत्तम प्रधान छायाँकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन तथा आशिष अविरल संगीत, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।