शोभित बस्नेत निर्देशित ‘बद्री बहादुर’को ट्रेलर रिलिज

शोभित बस्नेत निर्देशित ‘बद्री बहादुर’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
315
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शोभित बस्नेत निर्देशित सिनेमा ‘बद्री बहादुर’को ट्रेलर रिलिज गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको सिनेमाको ट्रेलरमा सम्पूण कलाकारलाई स्थान दिइएको छ । सिनेमालाई बलिउड कमेडीयन कपिल शर्माले सफलताको शुभकामना समेत दिएका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । निर्माण टिमले धेरै हाँस्न नसक्ने दर्शकलाई सिनेमा नहेर्न आग्रह समेत गरेको छ । जस्ले सिनेमा हास्य विद्यामा निर्माण भएको बुझ्न गाह्रो पर्दैन् । सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक बस्नेतले ‘बद्री बहादुर’ दर्शकले मन पराउनेमा शतप्रतिशत ढुक्क रहेको बताए ।

सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको सिनेमा एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे सिनेमाको निर्मातामा छन् ।

सिनेमामा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् । सिनेमाको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मा समेत फिचर्ड छिन् । उनीहरु सिनेमाको यही गीतमा मात्र देखिनेछन् ।

सिनेमामा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन, रामजी राउत र ज्ञान कुमार कट्टेलको मुख्य सहायक निर्देशन तथा समिर मियाँ सम्पादन छ । आरआर फिल्म्सले वितरण गर्ने सिनेमालाई काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो ।