‘मोदीबेनी’को छायांकन ३१औं दिनमा समाप्त

‘मोदीबेनी’को छायांकन ३१औं दिनमा समाप्त

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘मोदीबेनी’को छायांकन ३१औं दिनमा समाप्त भएको छ । बुधवार पर्वत जिल्लाको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम शट दिँदै छायांकन प्याकअप गरेका हुन् । यो सिनेमाको छायांकन दुई चरणमा भएको थियो ।

पहिलो चरण काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डे र पर्वतका मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा भएको थियो । करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने सिनेमाले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।

अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले यो सिनेमाबाट डेब्यु गरेका छन् भने अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गरेकी छन् । निर्देशक शंकर कोइरालाले पनि सिनेमाबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

सिनेमामा अमर प्रताप श्रेष्ठ, वर्षा सिवाकोटी, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भैरहेको सिनेमालाई आनन्द बिक्रम क्षेत्रीले लेखेका हुन् । सिनेमामा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । ‘मोदीबेनी’मा उत्सव दाहालको डिओपी, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको मुख्ख सहायक निर्देशन रहेको छ ।