फ्राइडे रिलिज : ‘महाजात्रा’ बिहानदैखि हाउसफुल, एक करोडमाथि ओपनिङ गर्ने अपेक्षा

फ्राइडे रिलिज : ‘महाजात्रा’ बिहानदैखि हाउसफुल, एक करोडमाथि ओपनिङ गर्ने अपेक्षा

सिनेमाले नेपालमा ३४२ भन्दा धेरै शो पाएकोे छ । नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको उनले बताएका छन् ।

द सिनेमा टाइम्स
245
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फ्राइडे रिलिज अन्तर्गत प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको सिनेमा ‘महाजात्रा’ आजबाट रिलिज भएको छ । नेपालसँगै विदेशमा पनि यो सिनेमा आजै रिलिज भएको हो ।

निर्माता दीपेश खत्री (म्याक्स)का अनुसार सिनेमाले नेपालमा ३४२ भन्दा धेरै शो पाएकोे छ । नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको उनले बताएका छन् ।

अग्रिम बुकिङ खुलेदेखिनै उत्साहजनक टिकट बिक्री भएको सिनेमा आज बिहानैदेखि हाउसफुल छ । ८० प्रतिशतभन्दा माथि अनलाइन बुकिङ र बाँकी डोरसेल गर्दा सिनेमा हाउसफुल भएको हो ।

लोभलाग्दो हाइप बनाएको सिनेमाले प्रिमियरमा नै राम्रो तारिफ बटुलेको थियो । उच्च शो र हाउसफुल ब्यापारले सिनेमाले लोभलाग्दो ओपनिङ गर्ने निश्चित छ ।

सिनेमाले एक करोडभन्दा माथि ग्रस कलेक्सन गर्ने अनुमान गरिएको छ ।

आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै सिनेमाको मुख्य कथा हो । सिनेमामा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय रहेको छ ।

सिनेमामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् जितबहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र कालीप्रसाद बाँस्कोटा संगीत, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का सिनेमाका मुख्य सहायक निर्देशक हुन् ।