बाबु साहेव बलामीको ‘साम्राज्य’ निर्माण घोषणा, मुख्य भुमिकामा कुन्दन, अनुजा र प्रशान्त

बाबु साहेव बलामीको ‘साम्राज्य’ निर्माण घोषणा, मुख्य भुमिकामा कुन्दन, अनुजा र प्रशान्त

द सिनेमा टाइम्स
546
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक बाबु साहेव बलामीको निर्देशनमा निर्माण हुने सिनेमा ‘साम्राज्य’को निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको औपचारिक निर्माण घोषणा गरिएको हो ।

सिनेमामा भोजपुरी अभिनेता कुन्दन भारद्धाज, देव सिंह, प्रशान्त ताम्राकार, अनुजा लेप्चाको मुख्य भुमिका रहनेछ । सिनेमाको घोषणा कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीले सिनेमालाई सफलताको शुभकामना दिए ।

निर्देशक बलामीले सिनेमा नेपाली र हिन्दी गरी दुई भाषामा रिलिज गरिने जानकारी दिए । उनको प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘देब वाणी’ पनि दुई भाषामा नै तयार गरिएको छ । हरि बहादुर घलेले खिच्ने सिनेमामा शंकर अधिकारी घायलले गीत रचना गर्नेछन् ।

अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने सिनेमामा हिरा बहादुर लेप्चा र पूर्णिमा लेप्चाको लगानी रहनेछ । जेष्ठ अन्तिमबाट फ्लोरमा जाने इन्डो नेपाली सिनेमामा केही नेपाली र भारतीय कलाकार छनोटको चरणमा रहेको निर्माण टिमले जनाएको छ । एक्सन जनरामा निर्माण हुने सिनेमालाई उत्कृष्ट बनाउने निर्माता हिरा बहादुर लेप्चाले बताए ।