‘महाजात्रा’को बम्पर ओपनिङ, पहिलो दिन नै कमायो १ करोड २३ लाख

‘महाजात्रा’को बम्पर ओपनिङ, पहिलो दिन नै कमायो १ करोड २३ लाख

द सिनेमा टाइम्स
735
Shares

द सिनेमा टाइम्स,काठमाडौं – प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको सिनेमा ‘महाजात्रा’ले बम्पर ओपनिङ गरेको छ । शुक्रबारबाट देशभर रिलिज भएको सिनेमाले पहिलो दिन १ करोड २३ लाख ग्रस कलेक्सन गरेको हो ।

देशभरका हलमा उच्च शोज पाएको सिनेमाले काठमाडौंभित्र र बाहिर नै राम्रो कमाई गरेको हो । निर्माता दीपेश खत्री ‘म्याक्स’ले काठमाडौं उपत्यका र बाहिर गरेर शुक्रबार चलचित्रले एक करोड २३ लाख ग्रस कलेक्सन गरेको बताए । काठमाडौं उपत्याकाभित्र मात्रै सिनेमाले करिब ७० लाख कलेक्सन गरेको छ । बाँकी उपत्यका बाहिरको कलेक्सन हो ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको सिनेमाले शुक्रबार ३४२ भन्दा धेरै शो पाएको थियो । सिनेमा हाउसफुलका साथ चलिरहेको छ । आज बिहानै देशभरका अधिकांश हलमा सिनेमाको बुकिङ हाउसफुल देखिसकेको छ । आज दर्शकले आफूले चाहेको हलमा चाहेको समयमा सिनेमा हेर्न पाउने अवस्था देखिएको छैन । हाउसफुल भएपछि शोज थपिनेक्रम पनि सुरु भएको छ ।

‘महाजात्रा’ नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको छ । आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो ।

सिनेमामा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्य, दिव्य देब, राजाराम पौडेललगायत कलाकार मुख्य भूमिकामा छन् । ‘महाजात्रा’ ‘जात्रा’, ‘जात्रै जात्रा’ पछिको तेस्रो सिरिज हो ।