‘डिग्री माइला’को ट्रेलर युट्युब ट्रेन्डिङमा, मुभी सेक्सनको एक नम्बरमा

‘डिग्री माइला’को ट्रेलर युट्युब ट्रेन्डिङमा, मुभी सेक्सनको एक नम्बरमा

द सिनेमा टाइम्स
1.1k
Shares

सिनेमा टाइम्स, काठमाडौं – सर्वाधिक प्रतिक्षित मध्येको एक सिनेमाडिग्री माइलाको ट्रेलर युट्युब ट्रेन्डिङमा प्रवेश गरेको शुक्रबार अपराह्न सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको हो

यता, ट्रेन्डिङको मुभी सेक्सनमा भनेडिग्री माइलाको ट्रेलर एक नम्बरमा आइसकेको महाजात्राको ट्रेलरलाई उछिन्दैडिग्री माइलाको ट्रेलर एक नम्बरमा आएको हो

यो समाचार तयार पर्दा  ट्रलेर युट्युब ट्रेन्डिङको २७ नम्बरमा तीन लाखभन्दा माथि दर्शकले हेरिसकेका छन् १५ हजारभन्दा धेरैले लाइक गरेको ट्रेलरमा एक हजारभन्दा धेरै कमेन्ट आएको

कमेन्टमा एक फेसबुक प्रयोगकर्ता लेख्छन्- ०८० सालमाजारीसुपरहिट ०८१डिग्री माइला’ झनै सुपरहिट होला, शुभकमना

विजय चाम्लिङ नाम गरेका फेसबुक प्रयोगकर्ता लेख्छन् – जिवन्त अभिनयको परिभाषा हुनुहुन्छ दयाहाङ राई सधैँ झैँ उत्कृष्ट ०८१ साल दाजैले नेपाली सिनेमा क्षेत्रलाई अर्को उच्च अहोदामा पुर्यानु हुनेछ एकदम विश्वस्त छु शुभकामना !

अर्का फेसबुक प्रयोगकर्ता डीबी सागर थापा लेख्छन् – रामबाबु गुरुङको उत्कृष्ट काम देख्न पाइने भयो धेरैपछि हल तताउला जस्तो शुभकामना !

सामाजिक सञ्जाल प्रयोगकर्ताका यी यस्ता प्रतिक्रियाले दर्शकले ट्रेलर मन पराएको देखिन्छ

रामबाबु गुरुङ निर्देशित सिनेमाको ट्रेलरले नेपाली ग्रामीण क्षेत्रको शिक्षाको अवस्था स्तरसँगै शैक्षिक मेनपावरको टड्कारो अभावलाई पेस गरेको

अवसरको अभावमा शिक्षित युवा गाउँ नबस्दा गाउँका विद्यालय तथा क्याम्पसको शैक्षिकस्तर कति नाजुक भन्ने ट्रेलरले देखाएको अंग्रेजी विषयमा डिग्री गरेका युवा गाउँ पुग्दा उसलाई जबरजस्ती अंग्रेजी पढाउन राख्नु पर्ने अवस्थालाई ट्रेलरले देखाएको

अन्यथा क्याम्पसको सम्बन्धन नै खारेज हुने अवस्थामा पुगेको चित्रण गरेको ट्रेलरले सिनेमाको मुख्य पात्र दयाहाङले खोज्ने भाउ प्रस्तुत गरेको मल्टिनेसनल कम्पनीका दशौँ लाखको जागिर अफर गर्दा पनि नगरेको भन्दै दयाहाङ आफूलाई गाउँको क्याम्पसले पे गर्न नसक्ने भन्दै फूर्तीफार्ती लगाइरहन्छन्, यही कथाभित्रको डार्क कमेडीले ट्रेलरलाई स्वादिलो बनाएको यसैलाई दर्शकले रुचाएको देखिएको

निर्देशक रामबाबुको आफ्नै ब्रान्ड भ्यालु, बासुरी फिल्मसको ब्रान्ड, दयाहाङको क्रेज दर्शकले ट्रेलरलाई दिएको प्रतिक्रियाले सिनेमालाई शुभसंकेत दिएको यो सिनेमालाई पनि दर्शकले रुचाउने पूर्वानुमान लगाउन सकिन्छ

दयाहाङले केही वर्ष अगाडि निर्देशन गरेकोडिग्रीमाइला  नाटकमा आधारित सिनेमा हो यो सिनेमाले वेरोजगारीको कथा भन्नेछ

सिनेमालाई बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको हो सिनेमामा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्नसकिनेछ

निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक रहेको सिनेमालाई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइलीएसशिनले खिचेका हुन् चर्चित नेपाली आहानकिन चाउरिस मरिच आफ्नै रागलेसिनेमाको ट्यागलाइन हो । सिनेमा आगामी चैत ३० गते रिलिज हुनेछ