प्रदिप शाहीको सिनेमामा प्रदिप र बेनिशासँगै विजय लामा

प्रदिप शाहीको सिनेमामा प्रदिप र बेनिशासँगै विजय लामा

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदीप शाहीको निर्देशनमा निर्माण हुने सिनेमामा अभिनेता प्रदीप खड्का, बेनिशा हमाल पछि विजय लामा पनि अनुबन्धित भएका छन् ।

साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने सिनेमामा विजय लामाको विशेष भूमिका रहने कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ले बताए । सिनेमाको कथा निर्देशक शाहीले नै लेखेका हुन् । गत बर्ष प्रदर्शनमा आएको सिनेमा ‘अन्तीम संस्कार’बाट तारीफ बटुल्न सफल निर्देशक शाहीले सिनेमाको टाइटल सार्वजनिक गरेका छैनन् ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने सिनेमामा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ । सिनेमाको अन्य कलाकार र प्राविधिक पनि फाइनल हुने क्रममा रहेको निर्देशक शाहीले जानकारी दिए । प्रदीप शाहीको निर्देशनमा बनेको सिनेमा ‘अन्तीम संस्कार’मा पनि विजय लामा मुख्य भूमिकामा रहेका थिए ।

लामा संगको यो दोश्रो पटक सहकार्यबाट अझै राम्रो प्रतिफल पाउनेमा टिम आशावादी रहेको छ । छिट्टै सिनेमाको सम्पूर्ण टिम र अन्य जानकारी दिने कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ले बताए ।