‘रुखान’को मुख्य भुमिकामा आर्यन अधिकारी अनुबन्धित

‘रुखान’को मुख्य भुमिकामा आर्यन अधिकारी अनुबन्धित

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सविर श्रेष्ठको निर्देशनमा निर्माण हुने सिनेमा ‘रुखान’को मुख्य भुमिकामा अभिनेता आर्यन अधिकारी अनुबन्धित भएका छन् । उनले यो सिनेमामा अभिनेत्री नीति शाहसँग जोडी बाँध्ने भएका हुन् ।

सिनेमाका निर्देशक सविरले कथामा सुहाउने भएपछि आर्यनलाई लिइएको जानकारी दिए । आर्यनले लाखेपछि सिनेमामा काम गरेका छैनन् । महिला संघर्षको कथा भन्ने यो सिनेमा उनका लागि विशेष हुनेछ । यो सिनेमालाई ४ वटा भाषामा नेपाली, हिन्दी, अंग्रेजी, भोजपुरी भाषामा निर्माण गरिने निर्माण पक्षको भनाई छ ।

सिनेमामा कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको लगानी रहनेछ । डाक्टर रूपक घिमिरेको कथा रहेको सिनेमाका कार्यकारी निर्माता अभिनेता सविन श्रेष्ठ हुन् । सिनेमामा अर्जुन पोखरेलको संगीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद छ ।

सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । सिनेमा निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ । यो सिनेमाले सिंगो देशको नागरिकहरूले विभिन्न समस्याबाट जुध्दै गर्ने संघर्षको कथालाई देखाउनेछ ।