‘वर एण्ड बधु’को दोस्रो चरणको छायांकनका लागि विवेकले बनाए शरीर

‘वर एण्ड बधु’को दोस्रो चरणको छायांकनका लागि विवेकले बनाए शरीर

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रोमानियामा ५० प्रतिशत छायांकन सकिएपछि रोकिएको सिनेमा ‘वर एण्ड बधु’को दोस्रो चरणको छायांकन सुरु हुने भएको छ । सिनेमाको बाँकी ५० प्रतिशत छायांकन नेपालमा गर्ने तयारी गरिएको हो ।

निर्देशक मिलन चाम्सले चैत्रको तेस्रो साताबाट सिनेमाको छायांकन नेपालमा सुरु गर्ने तयारी भैरहेको बताए । रोमान्टिक कमेडी कथामा तयार भइरहेको यो सिनेमामा बधुको भूमिकामा अभिनेत्री आँचल शर्मा र वरको भूमिकामा भने डेव्यु अभिनेता विवेक कर्माचार्यले अभिनय गरिरहेका छन् ।

सिनेमाको दोस्रो सेड्यूलका लागि अभिनेता कर्माचार्यले आफ्नो शरीर समेत बनाएका छन् । निर्माणपक्षले उपलब्ध गराएको विवेकको तस्वीरमा उनको शरीर सुगठित देखिन्छ । कथाको माग अनुसार नै विवेकले शरीर बनाएको निर्देशक चाम्सले बताए । यो सिनेमामा सुदिप बरालको छायांकन छ ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भैरहेको सिनेमाका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । यो सिनेमाले विवाहको संकृतिलाई पर्दामा देखाउने निर्माण पक्षले बताएको छ । सिनेमाको प्रदर्शन मिति छायांकन सकिएपछि तय गर्ने बताइएको छ ।