फडिन्द्र, जोयश र मुन्नाको मित्रता झल्काउने ‘महाजात्रा’को गीत ‘साथी’

फडिन्द्र, जोयश र मुन्नाको मित्रता झल्काउने ‘महाजात्रा’को गीत ‘साथी’

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदीप भट्टराई निर्देशित सफल सिनेमा ‘जात्रा’को तेस्रो भाग ‘महाजात्रा’मा समावेश दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक गरिएको छ । चैत ९ गतेदेखि प्रदर्शनरत सिनेमाको सार्वजनिक गीतमा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाइएको छ ।

षट्कोण आट्र्सले निर्माण गरेको सिनेमामा उनीहरू बीच शृंखलावद्ध रुपमा आउने उतारचढावसँगै झाँगिएको मित्रतालाई प्रस्तुत गरिएको सार्वजनिक गीतमा हेर्न सकिन्छ । ‘गीतमा तीन पात्रले जीविका पार्जनका लागि गर्ने सङघर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरेका छौँ’, निर्देशक भट्टराईले भने ।

गीतमा शब्द हर्क साउद, संगीत तथा स्वर कालीप्रसाद बाँस्कोटाको रहेको छ । गत चैत ९ गतेदेखि प्रदर्शनरत ‘महाजात्रा’ प्रति राजनीतिज्ञ चासो बढेको छ । राष्ट्रिय विषयलाई समेटिएको सिनेमालाई नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् ।

सिनेमाले पहिलो तीन दिनमा चार करोड २६ लाखको ग्रस कलेक्सन गरिसकेको छ । सिनेमाको विषयवस्तु तीन पात्रकै वरिपरि घुमेको छ । आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने सङघर्ष देखाइएका छ ।

सिनेमा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । सिनेमालाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन् । साथै, सिनेमाको निर्माण कम्पनिले गीतको अन्तिममा २०८२ को दशैंमा नयाँ सिनेमा ल्याउने संकेत गरेको छ ।