‘डिग्री माइला’को ट्रेलरलाई मिलियन भ्यूज, अझै यूट्यूबको ट्रेन्डिङमा

‘डिग्री माइला’को ट्रेलरलाई मिलियन भ्यूज, अझै यूट्यूबको ट्रेन्डिङमा

द सिनेमा टाइम्स
392
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वर्षको अन्तिममा रिलिज हुन लागेको ‘डिग्री माइला’ले आक्रामक व्यापारको संकेत गरेको छ । ५ दिन अगाडि रिलिज भएको सिनेमाले भिडियो संजाल यूट्यूबमा एक मिलियन अर्थात १० लाख भ्यूज कटाएको छ।ट्रेलरमा रहेका संवादले सिनेमाको हाइप उच्च बनाएको हो सामान्य लाग्ने आकर्षक संवादले सिनेमालाई प्रतिक्षित बनाएको

यो समाचार पार्दासम्म सिनेमाको ट्रेलरले १० लाख ८ हजार ९ सय ९३ भ्यूज पाएको छ । यस्तै १३ सय बढीले ट्रेलरमा प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया दिने अधिकांशले सिनेमाको ट्रेलर मनपरेको र सिनेमा हेर्न उत्सुक रहेको बताएका छन् ।

ट्रेलर रिलिज पछि मुभिज विधामा ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको थियो जुन आज पाँचौ दिन आइपुग्दा पनि कायम रहेको छ । नेपाल ट्रेन्डिङमा दुई दिन अगाडि रिलिज भएको अक्षय कुमार तथा टाइगर श्राख स्टारर ‘बडे मियाँ छोटे मियाँ’ले पछ्याइरहेको छ ।

यूट्यूबको यो शैलीले सिनेमाप्रति दर्शकहरु आकर्षित रहेको देखाएको छ । रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमामा अभिनेता दयाहाङ राई र आँचल शर्माले पहिलो पटक जोडी बाँधेका छन् । सिनेमामा उनीहरुलाई प्रेमी प्रेमिकाको रुपमा देख्न सकिन्छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण ‘डिग्री माइला’ गरेको हो  सिनेमामा उनीहरुका अलावा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमूख भूमिका छ। चर्चित नेपाली आहान ‘किन चाउरिस मरिच आफ्नै रागले’ ट्यागलाइनले सिनेमाले केही फरक कथा प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ। सिनेमा चैत ३० गते रिलिज हुँदैछ ।