‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक

‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
329
Shares

द सिनेमा टाइम्स, काठमाडौं – घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको दोस्रो पोस्टरमा सिनेमाका मुख्य चार पात्रलाई प्रस्तुत गरिएको छ । अभिनेत्री साम्राज्ञी आरएल शाह र डेव्यु अभिनेता निश्चल खड्का तथा अभिनेता कवीर खड्का र डेव्यु अभिनेत्री गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् ।

सिनेमाको यसअघि सार्वजनिक रोमान्टिक पोस्टरमा अभिनेत्री साम्राज्ञी आरएल शाह र डेव्यु अभिनेता निश्चल खड्का फिचर्ड गरिएको थियो । उक्त पोस्टरलाई सकारात्मक प्रतिक्रिया मिलेपछि निर्माण टिमले दोस्रो पोस्टर सार्वजनिक गरेको हो । सिनेमा ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुनेछ ।

सिनेमामा साम्राज्ञी, निश्चल, कविर र गरिमामा अलवा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चलर गरिमाले यही सिनेमाबाट डेब्यू गर्दैछन् । सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । सिनेमाको पहिलो गीत अर्को हप्ता रिलिज गर्ने तयारी निर्माण टिमको छ ।

सिनेमामा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशक फिरोज खड्का रहेको छ । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई नेपालभर वितरण गर्नेछन् ।