पल शाह बने ‘पुजार सार्की’मा मेघराज खत्री

पल शाह बने ‘पुजार सार्की’मा मेघराज खत्री

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिनेश राउतको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘पूजार सार्की’बाट अभिनेता पल शाहको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । सिनेमाको छायांकन सेटबाट यसअघि नै अभिनेता प्रदीप खड्का र आर्यन सिग्देलको क्यारेक्टर लुक्स सार्वजनिक भएको थियो ।

निर्देशक राउतले पलको नाम ‘मेघराज खत्री’ रहेको जनाउँदै पात्र परिचय दिने फोटो सार्वजनिक गरेका हुन् । फोटोमा शाह काँधमा बन्दुक बोकेर नदी किनारामा हिँडिरहेका देखिन्छन् । शिरमा भादगाउँले टोपी लगाएका उनले बाहुला नभएको कोट, कमिज र पाइन्ट लगाएका छन् । फोटोले उनी सामाजिक क्रान्तिको लागि हतियार उठाउन बाध्य भएको युवकको परिचय दिएको छ ।

निर्देशक राउतले यो सिनेमालाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा रहेको बताए । उनले मेगराजले के-कस्तो संघर्ष गर्नुपरेको छ भन्ने थाहा पाउन प्रतीक्षा गर्न दर्शकलाई आग्रह गरेका छन् । राउतले केही दिनमा सिनेमाको आधिकारिक रिलिज मिति घोषणा गर्ने जनाए । सिनेमालाई समीक्षात्मक तथा व्यावसायिक हिसाबले उत्कृष्ट बनाउने योजनामा छन् ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको सिनेमालाई विकास सुवेदीले लेखेका हुन् । सिनेमाको सम्पूर्ण छायांकन कास्की जिल्लाको कास्कीकोमा छायांकन गरिएको हो । सिनेमामा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।

सिनेमालाई संगीतकार सुवास भुसालले निर्माण गरेका हुन् । सिनेमाको लागि भुसाल आफैंले संगीत तयार गरेका छन् । राजेश श्रेष्ठको डिओपी रहने ‘पुजार सार्की’मा सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपानको साउण्ड डिजाइन, हिमाल केसीले द्वन्द्व निर्देशन र दिनेश बहादुर रावत मुख्य सहायक निर्देशक हुन् ।