दयाहाङ र मिरुना स्टारर ‘घरज्वाइँ’ले २ पोस्टरबाट गर्‍यो लुक्स सार्वजनिक

दयाहाङ र मिरुना स्टारर ‘घरज्वाइँ’ले २ पोस्टरबाट गर्‍यो लुक्स सार्वजनिक

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘घरज्वाइँ’ले फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । असार २८ गते रिलिज हुने सिनेमाले दुईवटा पोस्टर सार्वजनिक गर्दै आफ्ना दुई मूल पात्रको लुक्स सार्वजनिक गरेको हो ।

सार्वजनिक भएका दुई पोस्टरमध्ये एकमा अभिनेता राईलाई बन्दुक बोकेका छन् भने खर्कोमा डोकोहरु बोकेर अभिनेत्री मिरुना मगरलाई पछ्याइरहेको छन् । सो पोस्टरमा डोको बोकिरहेकी मिरुनाले ऊनको धागोले कपडा बुनिरहेको देख्न सकिन्छ ।

मगर संस्कृतिमा आधारित रहेको यो सिनेमाका निर्देशक अनिल बुढा मगर हुन् । सिनेमामा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,पुष्कर गुरुङ,शिशिर बाङ्देल,भोलाराज सापकोटा,खड्कबहादुर पुन (खबपु),राज थापा,कविता आले,शिला आले,अनु थापा,बिना थापा मगर,सोनाम लामा,बिबेश बुढा मगर,सुनिल मगर आदिको अभिनय रहेको छ ।

सिनेमा असार २८ गते रिलिज हुनेछ । पूर्वी रुकुममा छायाँकन गरिएको ‘घरज्वाइँ’को कथा तथा पटकथा निर्देशक बुढाको हो भने संवादमा उनलाई विनोद खतिवडा तथा सुभास कोइरालाले सहयोग गरेका छन् । सिनेमामा हर्क साउद शब्द तथा मनोज थापाको संगीत छ ।

रामजी लामिछाने कोरियोग्राफर रहेको सिनेमालाई सुसन प्रजापतिले खिचेको हुन् । जिएम मुभिजको ब्यानरमा निर्मित सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएम,अष्ट्रेलियाले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिइसकेको सिनेमालाई नेपालमा आरआर फिल्मस्ले बितरण गर्नेछ ।