अनिता र सुरवीनाको ‘मीराः स्याडो अफ अ रेन्बो’का पोस्टर सार्वजनिक

अनिता र सुरवीनाको ‘मीराः स्याडो अफ अ रेन्बो’का पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अनिता पण्डितको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मीरा : स्याडो अफ अ रेन्बो’को दुई पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले सिनेमाको कथावस्तुबारे जानकारी दिएको छ ।

सिनेमाका सार्वजनिक दुई मध्ये एउटा पोस्टरमा अनिता पण्डित र सुरवीना कार्की रोमान्टिक भावमा प्रस्तुत छत् । अर्थात् सिनेमाले लैङ्गिक र यौनिक विषय उठाएको पोस्टरले पुष्टि गर्छ । फिल्मको प्रदर्शन मिति भने निश्चित भइसकेको छैन । केही दिनमा ट्रेलर रिलिज गरेर लक्षित दर्शकहरुलाई विशेष शोमार्फत् सिनेमा देखाउने तयारीमा अनिता छिन् ।

अटिजम भएको एक बच्चाको समस्या र प्राकृतिक रुपमा पुरुष र महिला दुवैमा आकर्षित हुने द्वियौनिक महिलाको कथामा सिनेमा निर्माण भएको निर्देशक पण्डितले जानकारी दिएकी छन् । अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा सिनेमाले महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । सिनेमामा अनिता र सुरवीनाका अलवा निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरे लगायतको अभिनय छ ।

विशाल घिमिरे तथा अनिता पण्डित निर्माता रहेको सिनेमामा सोहन पण्डित सह-निर्मातामा छन् । आश्वि फिल्मस्ले निर्माण गरेको सिनेमामा अनिल कटुवालको छायांकन, एलिस कार्कीको संगीत, विजेश पौडेलको सम्पादन र पवित्रा घिमिरेको शब्द रचना छ ।