‘बद्री बहादुर’को गीत ‘मेरो जिवनको’ रिलिज

‘बद्री बहादुर’को गीत ‘मेरो जिवनको’ रिलिज

द सिनेमा टाइम्स
868
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शोभित बस्नेत निर्देशित सिनेमा ‘बद्री बहादुर’को गीत ‘मेरो जिवनको’ रिलिज गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको सिनेमाको गीतमा मुख्ख कलाकारहरु जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङ फिचर्ड छन् । सिनेमा आगामी शुक्रबार अर्थात् चैत २३ गते रिलिज हुँदैछ ।

गीतमा उजन नेम्बाङको स्वर, शब्द र संगीत छ । अभिनेता राजीव सिनेमाबाट आशावादी छन् । सिनेमासँगै समाजसेवामा पनि सक्रिय राजीवले आफ्नो चरित्रलाई दर्शकले मनपराउने बताए । निर्माण टिमले धेरै हाँस्न नसक्ने दर्शकलाई सिनेमा नहेर्न आग्रह समेत गरेको छ ।

सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको सिनेमा एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे सिनेमाको निर्मातामा छन् ।

सिनेमामा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन । सिनेमाको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मा समेत फिचर्ड छन् । उनीहरु यही गीतमा मात्र देखिनेछन् ।

सिनेमामा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँ सम्पादन छ । आरआर फिल्म्सले वितरण गर्ने सिनेमाको काठमाडौं, लमजुङ, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो । सिनेमाका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल हुन् ।